Biratnagar, Morang, Nepal
२९ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

क्षयरोगमुक्त विराटनगर बनाउने अभियान तीव्र

उद्‌घोष संवाददाता
२९ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाल सरकारको ‘क्षयरोगमुक्त नेपाल’ बनाउने राष्ट्रिय लक्ष्यलाई सघाउ पु¥याउने उद्देश्यले विराटनगर महानगरपालिकाले क्षयरोगविरुद्धको अभियानलाई तीव्रता दिएको छ । 

२०८० सालदेखि ‘क्षयरोग मुक्त पालिका’का रूपमा छनोट भई कार्य अघि बढाएको महानगरले नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङ शाखास“गको सहकार्यमा समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विराटनगरका वडा नंं ५, ६, ११, १५, १६, १८ र १९ मा सञ्चालित अभियानअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमूखीकरण गरी घरदैलो कार्यक्रममार्फत शंकास्पद बिरामीहरूको खोजी गरिएको छ । 

सोही क्रममा सम्बन्धित वडामा डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षण गराइनुका साथै खकार सङ्कलन गरी ‘जिन एक्सपर्ट’ प्रविधिबाट परीक्षण सुरु गरिएको छ । 

जिन एक्सपर्टबाट रोग पहिचान हुन नसकेका तर शङ्कास्पद बिरामीहरूका लागि संस्थामा निःशुल्क एक्सरेको व्यवस्था गरिएको छ । यस्ता बिरामीलाई एक्सरे परीक्षणका लागि आउँदा लाग्ने यातायात खर्चसमेत महानगरले उपलब्ध गराउँदै आएको नाटा मोरङका सचिव भविषकुमार श्रेष्ठले बताए ।

महानगरले क्षयरोग (टीबी) को सङ्क्रमण फैलिन नदिन उच्च जोखिममा रहेका समूहहरूलाई लक्षित गर्दै ट्राफिक प्रहरी, कारागारका कैदीबन्दी, उद्योगका कामदार र आमा समूहहरूमा छुट्टाछुट्टै अभिमूखीकरण तथा खकार सङ्कलन शिविर सञ्चालन गरेको छ । 

अभियानलाई थप सशक्त बनाउँदै आगामी आर्थिक वर्ष २०८३–८४ मा प्रत्येक घर–घरमा पुगेर क्षयरोगमुक्त घर घोषणा गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य उपचारसँगै बिरामीको आर्थिक अवस्था सुधार र उपचारमा थप जटिलता आउन नदिन महानगरको सहयोगमा सञ्चालित ‘डीआर. आवास गृह’ मा उपचाररत बिरामीहरूलाई सीपमूलक तालिम प्रदान गरिएको छ । 

गत जेठ १ गतेदेखि सुरु भएको ४५ दिने ‘सिलाई बुनाइ’ तालिममा आर्थिक अवस्था कमजोर भएका बिरामीहरू सहभागी छन् ।

नेपाल सरकारले विसं २०९२ सम्ममा क्षयरोग अन्त्य गर्ने र २१०७ सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ । 

सोही लक्ष्य प्राप्तिमा विराटनगर महानगरपालिकाको यो पहलकदमी कोशेढुङ्गा सावित हुने नेपाल क्षयरोग निवारण संस्था, मोरङका सचिव भविसकुमार श्रेष्ठले जानकारी दिए ।

View : 80

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved