Biratnagar, Morang, Nepal
१७ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

‘मोरङ–६ को घटनामा डा. शेखरको संलग्नता छैन’

उद्‌घोष संवाददाता
१६ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार भएको घटनामा डा. शेखर कोइरालाको कुनै संलग्नता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । 

सो घटनासँग जोडेर भइरहेका प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशन स्थलमा क्षेत्रीय सभापति देवराज तामाङको संलग्नता रहेको कांग्रेस सहमहामन्त्री डा डिला संग्रौलाले विज्ञप्तिमै उल्लेख गरेकी थिइन् । 

सभापति तामाङ डा. शेखर निकट हुन् । सोही कारण उनको समेत संलग्नता रहेको आरोप लागेपछि डा. शेखरको सचिवालयले धारणा स्पष्ट पारेको हो ।

सचिवालयका अनुसार कोइराला पार्टीभित्रको ‘एकता महाधिवेशन’ को पक्षमा रहेको र अहिले भइरहेका दुवै पक्षका महाधिवेशनको प्रक्रियाबाट अलग रहेका कारण सो घटनासँग जोडेर प्रचार गर्नु गलत भएको सचिवालयले जनाएको हो ।

मोरङ क्षेत्र नम्बर ६ मा बुधबार क्षेत्रीय सभापतिको मनोनयन दर्ता प्रक्रिया अघि बढ्दै गर्दा भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदारसहित करिब आधा दर्जन कांग्रेस नेता–कार्यकर्ता घाइते भएका थिए ।

View : 39

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved