Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सभापतिबाट राजिनामा दिने मुडमा पुगे गगन

उद्‌घोष संवाददाता
२५ फागुन २०८२, सोमवार

विराटनगर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफुसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि कांग्रेस सभापति गगन थापा राजिनामा दिने मुडमा देखिएका छन् । 

उनले उपसभापति विश्वप्रकाश शर्मासँग राजिनामा दिन लागेको भन्दै छलफल गरेका छन् । तर उपसभापति शर्माले भने अहिल्यै राजिनामा नदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

उनीहरूबीच सोमबार साँझपख नयाँ बानेश्वरमा छलफल भएको जनाइएको छ ।

सर्लाही ४ बाट उम्मेदवार बनेका थापा पराजित भएका छन् । उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावी नेतृत्व गरेका थिए ।

तर निर्वाचनमा कांग्रेसबाट सवै पदाधिकारीसहित पराजित भएका छन् । कांग्रेसबाट देशभरमा १८ जनामात्रै निर्वाचित भएका छन् । त्यसैको दवावमा परेका थापाले सभापतिबाट राजिनामा दिने निश्कर्षमा पुगेको जनाइएको छ ।

थापा विशेष महाधिवेशनबाट सभापति चयन भएको ५० दिन मात्रै पुगेको छ ।

View : 56

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved