विराटनगर । विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका एक हजार ३२५ जना विद्यार्थीलाई भव्य कार्यक्रमका साथ स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजको विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई पहिलो चरणमा आइतबार स्वागत गरिएको हो ।
सोही अवसरमा कक्षा ११ को इन्ट्रान्स परीक्षामा सर्वोत्कृष्ट हुने तीन विद्यार्थीहरूलाई सम्मानित गरिएको छ । इन्ट्रान्स परीक्षामा प्रथम हुने शुवर्ण झा, द्वितीय हुने स्नेहा वस्ती र तृतीय हुने सशिन खतिवडालाई सम्मानित गरिएको हो ।
त्यसैगरी २०८२ को एसईई परीक्षामा ४ जीपीए ल्याएर उतीर्ण भई कलेजको कक्षा ११ मा भर्ना भएका २१ जना विद्यार्थीलाई सम्मानित गरिएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए ।
विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानु खड्का लगायतले सम्मानित गरेका छन् । प्रिन्सिपल खड्काले प्लस टुलाई केवल विद्यालय तहको पढाइका रूपमा नलिई भविष्य निर्माणको आधारका रूपमा हेर्नुपर्ने बताए ।
‘हरेक विद्यार्थीको ठूलो सपना हुन्छ, कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर, कोही अन्य क्षेत्रमा सफल व्यक्ति बन्न चाहन्छ’ उनले भने, ‘आफ्नो चाहना र आवश्यकता त्यागेर सन्तानको भविष्य उज्ज्वल बनाउने आमाबाबुको प्रयास र विश्वासलाई कहिल्यै बिर्सनु हुँदैन ।’
उनले प्लस टु तहको दुई वर्ष जीवनको ‘टर्निङ पोइन्ट’ हुने भन्दै जसले बढी मेहनत गरी अनुशासित भएर लक्ष्यप्रति प्रतिबद्ध हुन्छ त्यसैले भविष्यमा सफलता हासिल गर्ने बताए ।
अभिमुखिकरणमा सहभागी विद्यार्थीहरूलाई नेम काठमाडौंका मोटिभेटर कि स्पीकर डा. मिलन गैरेले विद्यार्थीहरूलाई कक्षा ११ को पढाईलाई सहि तरिकाले अघि बढाउन प्रोत्साहन हुने गरी उत्प्रेरक भनाई प्रस्तुत गरेका थिए ।
अभिमुखिकरणमा कलेका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, विज्ञान संकायका कोअर्डिनेटर नवीनकुमार राय, व्यवस्थापन शंकायका कोअर्डिनेटर शंकर भट्टराई, निर्देशक भुपेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा विद्यार्थीहरूले विभिन्न गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
View : 557
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved