Biratnagar, Morang, Nepal
१५ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

वीरगञ्जमा निषेधाज्ञा जारी

उद्‌घोष संवाददाता
१४ साउन २०८३, बिहिवार

Advertisement

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

वीरगञ्जको पूर्वमा प्रतिमा चौक बसपार्क बाइपास रोड, पश्चिममा तिलोवे पुल, उत्तरमा गणेश चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

आदेशमा भनिएको छ, “तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ ।”

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम उक्त आदेश जारी गरिएको सूचनामा उल्लेख छ । पछिल्लो समय वीरगञ्ज क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रजिअ दाहालले बताए ।

View : 37

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved