Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पूविको उपकुलपतिका लागि अन्तर्वार्ताको मिति तय

उद्घोष सम्वाददाता
१० वैशाख २०८१, सोमवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को रिक्त उपकुलपतिका लागि आवेदन दिएकाहरुको बैशाख १२ र १३  गते अन्तर्वार्ता हुने भएको छ ।

उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  बैशाख १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तर्वार्ता हुने समय तालिका सार्वजनिक गरेको हो ।

गत चैत २७, २८ र २९  गते भएको उम्मेदवारहरूको कार्ययोजनाको प्रस्तुतीकरण पछि अन्तर्वार्ता लिन लागिएको हो । सिफारिस समितिले १७ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको थियो । आवेदन दिएकामध्ये सन्जेशप्रसाद कोइरालाको निधन भएपछि अहिले उपकुलपतिका लागि १६ जना दावेदार छन् ।

उपकुलपतिका लागि शुभनारायण पाठक, अनिल कुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, विजुकुमार थपलिया र विनोद पराजुली दावेदार छन् । 

यस्तै देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला ,राजकुमार  पोखरेल, रेशम बहादुर थापा, रमेशप्रसाद भट्टराई र महेहराज दाहाल पनि उपकुलपतिका दावेदार छन् । गत फागुन १८ गतेदेखि पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त छ । त्यसअघि यादव कोइराला उपकूलपति थिए ।

 

View : 256

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved