Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

रुपात्रेय शान्ता पुरस्कार सुवेदीलाई

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

विराटनगर । समालोचक दधिराज सुवेदीलाई पाँचौ संस्करणको ‘रुपात्रेय शान्ता पुरस्कार’ प्रदान गरिने भएको छ । रुपात्रेय बालकृष्ण–शान्ता वाङ्मय प्रतिष्ठानका अध्यक्ष मुनाल पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यस वर्षको सो पुरस्कार सुवेदीलाई दिने निर्णय गरेको हो ।

सुवेदी विगत केही समयदेखि शारीरिक अस्वस्थताले घरमै आराम गरिरहेका छन् । भाषाशास्त्री बालकृष्ण पोखरेलको स्मृति दिवसको सन्दर्भ पारेर फागुन १२ गत सुवेदीकै निवासमा गएर पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले जानकारी गराएको छ ।

पुरस्कारको राशि ३१ हजार १ सय ११ रुपैयाँ रहेको छ । यसअघि सो पुरस्कार साहित्यकारहरू कुन्ता शर्मा, सोमराज अभय, रोचक घिमिरे र चूडामणि रेग्मीलाई प्रदान गरिएको प्रतिष्ठानका सचिव चूडामणि नेपाल ‘अकिञ्चन’ ले जानकारी दिएका छन् ।
 

View : 82

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved