विराटनगर । हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन प्रालिले भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोष राहत कोषमा सहयोग रकम दिएको छ ।
बुधबार हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशनका अध्यक्ष कृष्ण अधिकारी, प्रबन्ध सञ्चालक लव घिमिरे, सञ्चालक यादव रिजाल, बलराम गिरीसहितको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ १ लाख ११ हजार राशिको चेक हस्तान्तरण गरेको हो ।
सहयोग रकमको चेक हन्तान्तरण गर्दै अध्यक्ष अधिकारीले आफूहरुको सानो सहयोगले पनि वाढी पीडितका लागि सहयोग पुग्ने विश्वासका साथ सहयोग गर्न चाहेको बताए ।
सो अवसरमा प्रजिअ कट्टेलले बाढी पीडितको सहयोगका लागि हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन प्रालिलाई धन्यवाद दिएका थिए ।
View : 252
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved