विराटनगर । शिक्षा क्षेत्रमा चार दशक भन्दा बढी बिभिन्न तहमा बसेर सेवा गरेका दुर्गाप्रसाद चुँडालले आइतवार गुरुकुल माविको प्रधानाध्यापकबाट विदाइ लिएका छन् ।
उनको विदाइमा विद्यालयका गुठियार सुरेशकुमार शर्मा, विद्यालयका अध्यक्ष नन्दकिशोर राठी र संस्थापक प्रधानाध्यापक पीताम्बर शर्माले फूलको माला, खादा र मायाको चिनोले सम्मान गरेका थिए ।
प्रअ चुँडालले उमेरले साथ नदिएको कारणले अवकाश लिएको बताए ।
उनले २०४२ सालबाट रञ्जनी माविबाट शिक्षण पेशा सुरु गरेर पब्लिक मावि रंगेली हुँदै २०५५ सालबाट आदर्श मावि विराटनगरमा शिक्षण गरी २०६५ सालबाट शैक्षिक तालिम केन्दमा रही अंगे्रजी भाषाको प्रशिक्षक भई काम गरेका थिए ।
२०७१ सालबाट पुनः आदर्श माविको प्रधानाध्यापक भई २०७५ साल जेठ १४ गतेबाट अवकाश भएपछि २०७५ सालबाट गुरुकुलका प्रधानाध्यापक भएर चुँडालले सात वर्ष सेवा गरेका हुन् ।
विद्यालयलाई आर्थिक स्रोत जुटाई सहज रुपमा सञ्चालन गर्न सफल भएको भन्दै विद्यालय सञ्चालकहरूले प्रअ चुँडालको प्रशंसा गरेका थिए ।
चुँडालको अवकाशपछि प्रअको जिम्मेवारी हरिप्रसाद ढुंगानालाई तोकिएको छ ।
View : 644
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved