विराटनगर । मोरङमा तीव्र हावाहुरीको जोखिम बढ्दै गएका कारण विराटनगर-३ स्थित पोखरिया माध्यमिक विद्यालयले शनिबारका लागि तय गरेको वार्षिक परीक्षा स्थगित गरेको छ ।
विद्यालयले शुक्रबार सूचना जारी गर्दै कक्षा ४–५ र कक्षा ८ को वार्षिक परीक्षा चैत ७ गते शनिबारदेखि सञ्चालन गर्ने पूर्व तालिका रहे पनि सो दिन तराई क्षेत्रमा तीव्र आँधीबेहरी आउने पूर्वानुमानका कारण परीक्षा स्थगित गरिएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सतर्कता सन्देशलाई ध्यानमा राख्दै विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
विद्यालयका अनुसार चैत ७ गतेका लागि तय गरिएको परीक्षा पछि जानकारी गराइने नयाँ मितिअनुसार सञ्चालन गरिनेछ ।
यद्यपि, चैत ८ गतेदेखि सञ्चालन हुने अन्य परीक्षाहरू भने पूर्वनिर्धारित तालिका (रुटिन) अनुसार नै सञ्चालन हुने विद्यालयले जनाएको छ । हावाहुरीको जोखिमका कारण शैक्षिक संस्थासमेत प्रभावित हुन थालेपछि अभिभावक तथा विद्यार्थीलाई सुरक्षित रहन आग्रह गरिएको हो ।
View : 179
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved