विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित भएका मानिसहरूका लागि हिमगिरी हाइजिन प्रालिले ७० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने तयारी गरेको छ ।
देवेनरा ग्रुप–जाजू ग्रुपअन्तर्गतको हिमगिरी हाइजिन प्रालिले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व ठानेर सहयोगको घोषणा गरेको हो ।
कठिन अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले ७० लाख रुपैयाँ बराबरको व्यक्तिगत तथा घरायसी सरसफाई सामग्री उपलब्ध गराउने जनाइएको छ ।
सरसफाइको अभावमा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै हिमगिरीले साबुन, डिटर्जेन्टलगायतका अत्यावश्यक सरसफाई सामग्री प्रभावित परिवारलाई उपलब्ध गराउन लागेको जनाइएको छ ।
कम्पनीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति अकल्पनीय भएको भन्दै घाइते तथा प्रभावित सबैको सुरक्षित उद्धार र आवश्यक राहतका लागि सरकारसँग आग्रह गरेको छ ।
साथै राहत, उद्धार तथा पुनर्स्थपनामा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित निकायप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved