Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

पढाइलाई रोजगारीसँग जोडेर अगाडि बढ्दै त्रिवि

उद्‌घोष सम्वाददाता
१६ वैशाख २०८२, मङ्गलवार

विराटनगर । विश्वका धनी देशका विद्यार्थीहरु पढाइ सँगसँगै रोजगारीमा सम्लग्न हुने गरेका छन् । विद्यार्थी रोजगारीसँग जोडिनुलाई त्यहाँ शिक्षाको उपलब्धी ठानिन्छ, उत्पादकत्वमा वृद्धि गर्न विद्यार्थीको भूमिका महत्वपूर्ण मानिन्छ । तर नेपालमा पढिसकेर मात्र जागिर खानु पर्छ भन्ने मान्यताले गर्दा  हुनेखाने वर्गले पढ्दै जागिर खानुलाई राम्रो मान्दैनन् । 

 अब नेपालमा पनि शिक्षालाई रोजगारीसँग जोड्नु पर्ने अनुभूति गरी त्यसलाई व्यवहारमा उतार्न त्रिभुवन विश्वविद्यलय (त्रिवि) व्यवस्थापन संकायले प्राध्यापक वर्गसँग अन्तरक्रिया, छलफल अगाडि बढाएको छ ।
सो क्रममा त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा प्रेमराज पन्तले नेपालमा विश्वविद्यालयमा पढ्ने विद्यार्थीमा ४८ प्रतिशत त्रिविमा रहेको बताए ।  त्यसमा पनि व्यवस्थापन संकाय पढाई हुने त्रिविका ७ सय ५३ क्याम्पसमा दुई लाख ८० हजार विद्यार्थी रहेको बताए । त्यसैले विद्यार्थीलाई रोजगारीसँग जोड्न व्यवस्थापन संकायका प्राध्यापकका लागि गरिएका कार्यक्रम महत्वपूर्ण हुनेमा जोड दिए ।  

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत डीन कार्यालयले कोशी प्रदेशका प्राध्यापकहरुका लागि धनकुटाको भेडेटारमा छ दिने ‘श्रम बजार  सञ्चालन नीति’ (एलएमडीपी) सम्वन्धी कार्यक्रम गरेको छ । सो अन्तर्गत प्राध्यापकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्वन्धी विश्व प्रतिस्पर्धी क्षमता,  पाठ्यक्रम र शिक्षा शिक्षण शैली,  अनुसन्धानमूलक लेख लेखन, सरोकारवालाको सहयोग, निजी तथा सार्वजनिक क्षेत्रसँगको सहकार्य, कृत्रिम बौद्धिकता (एआई) बारेमा सहभागीलाई तालिम दिइएको थियो । 

कार्यक्रममा विद्यार्थीलाई श्रम बजारसँग जोड्नका लागि नीतिगत तहदेखि शिक्षकसम्मको भूमिका र विद्यार्थीलाई व्यवहारिक शिक्षा मार्फत रोजगारीमा कसरी जोड्न सकिन्छ भनेर घनिभूत छलफल गरिएको थियो ।
साथै पाठ्यक्रम निर्माण, परीक्षामा प्रश्नपत्र तयारीदेखि उत्तरपुस्तिका परीक्षणलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिएको थियो । 

त्रिविका व्यवस्थापन संकायका डीन प्राडा महानन्द चालिसे, पूर्व डीन प्राडा डिल्लीराज शर्मा, सहायक डीन प्राडा दिलिप पराजुली, प्राडा पुस्कर बज्राचार्य, प्राडा छिरिङ लामा, प्राडा गंगाराम गौतम, प्राडा केशव गड्तौला, डा ध्रुवलाल पाण्डे, उपप्राध्यापक रोमकान्त पाण्डे, मीन भवन क्याम्पस प्रमुख डा जीतेन्द्र उपाध्याय, डा प्रकाशकुमार गौतमले सहभागीलाई प्रशिक्षण दिएका थिए । 

सो  अवसरमा महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरण,  व्यवस्थापन संकायका लेखा प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रशासन प्रमुख सहायक सीता भण्डारी,  सहभागीतर्फबाट महेन्द्र बहुमुखी क्याम्पस धरानका खगेन्द्र अधिकारी, मेची क्याम्पसकी कविता पौडेलले यस्ता कार्यक्रमले शैक्षिक उन्नयनमा सहयोग पुग्ने बताए । 

३२ जना सहभागी तालिममा महेन्द्र बहुमुखी क्याम्पस धरानबाट गंगाप्रसाद चौलागाईं, चित्रबहादुर कार्की, मीनबहादुर कार्की, वेदप्रसाद ढकाल, खगेन्द्र अधिकारी र दिपेन्द्र कार्की, डिग्री क्याम्पस विराटनगरबाट डा बन्दना जैन, छत्रमणि   गुरागाईं र सन्तोष कोइराला, भोजपुर क्याम्पसबाट चन्दन कटवाल, लकेश राई, पदम कार्की, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट  नारायणसिंह राना, विष्णुप्रसाद घिमिरे, जानुका बुढाथोकी र सुशील कठ्ठेत सहभागी थिए । 

त्यस्तै मेची क्याम्पसबाट कमलप्रसाद फुयाल, सुजन पराजुली, प्रतीक नेउपाने, प्रमिला अधिकारी, कविता पौडेल, अंकित पोखरेल, महेन्द्र मोरङ क्याम्पसबाट डा जनकनाथ सापकोटा, रवि रोका, राजन बराल, शिवचन्द्र चौधरी, शशांक  पोखरेल, रम्भा झा, सीताराम चम्लागाईं, धनकुटा क्याम्पसबाट लेखनाथ रिजाल र रमेश घिमिरे सहभागी थिए । 

 

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको यो कार्यक्रम पाँच स्थानमा गरी एक सय ५० जना व्यवस्थापन संकायमा प्राध्यापकहरुलाई तालिम दिने सह–डीन प्राडा दिलीप पराजुलीले बताए ।  

View : 829

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved