विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको टोली अन्तर–प्रदेश उद्योग वाणिज्य संघहरुको अवलोकन तथा अध्ययन भ्रमणमा निस्किएको छ ।
महिला उद्यम समितिकी संयोजक श्रृति शर्माको नेतृत्वको सो टोलीलाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा निराला कार्की लगायतले यात्राको सफलताका लागि शुभकामना दिदै शुक्रबार बिदाइ गरेका थिए ।
कोशी प्रदेशबाट यात्रा प्रारम्भ गरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसम्मका विभिन्न उद्योग वाणिज्य संघहरुको अवलोकन तथा यहँको वस्तुस्थितिबारे अध्ययन गर्ने सो टोलीको उद्देश्य रहेको संघले जनाएको छ ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved