एनसेलको ‘पहिलो सिम’ योजना
काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सुरु गरेको छ । यस अफरमा विद्यार्थीहरूले करसहित ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्ने र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्ने जनाइएको छ ।
विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्ने एनसेलले जनाएको छ ।
पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाइनेछ ।
एनसेलले सुरु गरेको ‘मेरो स्कुल’ एक डिजिटल लर्निङ प्लेटफर्म हो, जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरू उपलब्ध रहेका छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो, जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन् । जसको मतलब ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । साथै, यो सिम लिएका ग्राहकहरूले ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य हुने ५०० एमबी बोनस डाटासमेत पाउने छन् ।
एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्ने सुविधा रहेको छ ।
सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपिसहित नजिकको एनसेल सेन्टरमा जानुपर्ने जनाइएको छ । आवश्यक प्रमाणीकरणपछि उनीहरुको सिम सक्रिय हुने एनसेलको भनाई छ ।
एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई विगतझैं यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।
यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सँधै सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
View : 138
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved