Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

एभरेष्ट कलरले पायो गुणस्तर प्रमाणपत्र

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । स्वदेशी रङ उत्पादन क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै एभरेष्ट कलर लिमिटेडले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर  प्रमाण–चिन्ह प्राप्त गरेको छ ।

चितवनको खैरेनीमा उद्योग रहेको सो कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा गुणस्तर प्रमाण चिन्ह प्रमाणित कम्पनीको मान्यता पाएको हो ।

यसअघि सन् २०२३ मा नै अन्तर्राष्ट्रिय स्तरको आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरिसकेको एभरेष्ट कलरले अब राष्ट्रिय स्तरको उच्च गुणस्तरको प्रमाणपत्र समेत पाएर उपभोक्ता माझ आफ्नो विश्वसनीयतालाई थप मजबुत बनाएको जनाएको छ ।

विभागकी महानिर्देशक कुमारी ज्योती जोशीद्वारा स्वीकृत इजाजत–पत्र अनुसार कम्पनीले जेठ १८ देखि लागू हुने गरी विभिन्न ब्रान्ड तथा ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटरका साइजहरूमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्ने अनुमति पाएको हो ।

कम्पनीका प्रमुख कार्यकारी सरोज लुइटेलले यो सफलता उपभोक्ता, डिलर तथा प्राविधिकहरूको निरन्तर विश्वास र सहयोगको परिणाम भएको बताए । 

एभरेष्ट कलरले सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने तयारी गरेको छ । 

कम्पनीले विदेशमा रहेका नेपालीका लागि सेयर निस्कासन गरिसकेको छ ।

View : 90

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved