Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालले सुरु गर्यो क्षयरोग निवारण संस्था र रेडक्रसलाई हटाउने अन्तिम तयारी

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । कोशी अस्पताल विराटनगरको जमिनबाट विभिन्न संस्थालाई हटाउन अन्तिम तयारी गरिएको छ । अस्पतालको जमिनमा संरचना बनाएर लाखौं रकम भाडा असुली गरिरहेका संस्थाहरु हटाउन सात दिने सूचना निकाल्न लागिएको छ ।

अस्पताल प्रशासनका अनुसार, नेपाल क्षयरोग निवारण संस्था, रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले अस्पतालको जमिन भाडामा लगाएर रकम लिंदै आएका छन् । 

अब उनीहरुलाई हटाउन अस्पतालले जमिनको मालपोत तिरेर सूचना जारी गर्दैछ । बुधबार मात्रै अस्पतालले १० लाख ५७ हजार रुपैयाँ मालपोत तिरेको छ ।

अस्पतालका लेखा अधिकृत विनय पौडेलका अनुसार ती संस्थाहरुले समेत भोगचलन गरिरहेको जमिनको २०७६ साल यताको मालपोत तिरिएको हो । 

वडा नम्बर ७ को कार्यालयबाट मालपोत तिरिएको छ । तीन संस्थाको वर्षमा घर र सटरबाट करिब १ करोड रुपैयाँ भाडा उठाउने अनुमान गरिएको छ । 

अस्पतालको आकस्मिक, आईसीयू र ट्रमा सेन्टर निर्माणका लागि बहुवर्षीय योजना अनुसार संघीय सरकारले बजेट छुट्याएपछि जमिन खोजी गर्ने क्रममा तीनवटा संस्थाले भोगचलन गरिरहेको पाइएको थियो । 

यी संस्थाहरुलाई हटाउन अस्पतालले ५ वर्षदेखि पहल गर्दै आएको छ । अस्पताललाई बेलाबेल कर्मचारीलाई तलब खुवाउने रकम अभाव हुने गरेको छ । 

अन्य संस्थाले भनें अस्पतालको जमिन भाडामा लगाएर आङ्खना कर्मचारीलाई तलब खुवाउने गरेका छन् ।

क्षयरोगले २०१६ सालदेखि अस्पतालको जमिन भोगचलन गर्दै आएको छ । 

रेडक्रसले भने भवन बनाएर वाणिज्य बैंकलाई भाडामा दिएको छ । अस्पतालले क्षयरोग र रेडक्रसलाई पत्र पठाएर जमिन प्रयोगको इजाजत माग गरेको थियो । 

जवाफ नआएपछि नापी कार्यालयमार्फत जमिन नाप्दा तीनवटै संस्था रहेको र उनीहरूले निजी भवन बनाई भाडामा लगाएको पाइएको थियो ।

अस्पतालको नाममा रहेको ५ बिघा ८ कट्ठा जमिन भित्रै यी संस्थाहरू छन् ।

अस्पताललाई जमिन कमी भएकाले ती संस्थाहरु हटाउन सहयोग गर्न आग्रह गर्दै ५ वर्षअघि तत्कालिन अस्पतालका निमित्त प्रमुख डा.संगीता मिश्राले संघीय सरकारलाई पत्रमार्फत आग्रह गरेकी थिइन् । उनैले अस्पतालको जमिन खोजविन गर्दै नापी गराएर चर्चा चलाएकी हुन् ।

सरकारी जमिनमा अरु संस्थाले गरेको अतिक्रमण हटाउन संघीय सरकारले अभियान थालेकाले अस्पताललाई यस पटक भनें सहज देखिएको छ । अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइटेलले ती संस्थाले ओगटेको जमिनको मालपोतसमेत तिरिसकिएकाले अब सहज रुपमा हटाउन सकिने बताए । 

रेडक्रस र क्षयरोगले भनें तत्कालिन राजदरवारबाट जमिन भोगचलनको आदेश दिएकाले संस्थाहरु हालसम्म अस्पतालको जमिनमा रहेको बताउँंदै आएका छन् । अस्पतालले संस्था हटाउन अन्तिम वल प्रयोग गर्न लागे पनि तत्काल खाली हुन सहजता भनें देखिदैन । 

अस्पतालले तत्कालिन क्षेत्रीय खेलकुद विकास समितिले बनाएको भवन हटाउन अदालतबाट मुद्दा जितेर आउनु परेको थियो ।

अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. रामनारायण चौधरी कानुनी रुपमा आपूmहरु बलियो भए पनि ब्यवहारिक रुपमा जमिन खाली गराउन अवधि लाग्ने स्वीकार गर्छन् । 

‘पहिले पनि खेलकुदको भवन हटाउन कति गाह्रो भएको थियो, त्यो अवस्था आउन सक्छ’ उनले भने ।

View : 206

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved