Biratnagar, Morang, Nepal
११ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बाढी साढे ३ बजे देवघाट पुग्ने अनुमान

उद्‌घोष संवाददाता
१० भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ ।

प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्न सक्ने र करिब ८ मिटर पुग्न सक्ने जनाइएको छ। उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुन सक्ने अनुमान गरिएको छ ।

हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सुरक्षित अग्लो स्थानमा बस्न आग्रह गरिएको छ ।

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved