Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

शिरडी सहकारीको १४औं साधारणसभा

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

बिराटनगर । विराटनगर–४ स्थित शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीले सो अवसरमा असल ऋणीतर्फ रिता अधिकारी र कुबेरप्रसाद दाहाल, असल बचतकर्तामा विमला बराल, दैनिक बचतकर्ता संजय राजवंशी र ज्येष्ठ नागरिक टिकामाया कटवाललाई सम्मानित गरेको छ । 

त्यसैगरी कर्मचारीतर्फ रमिला उप्रेती र ममता माझीलाई पनि संस्थाका अध्यक्ष बलराम पराजुली लगायतले सम्मानित गरेका हुन् । 

२०६९ माघ १७ मा स्थापना भएको सहकारी छोटो समयमै वित्तीय कारोबारका लागि स्थापित भएको छ । ३७० जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म ३ करोड ३९ लाख ७६ हजार ९४९ रकम कुल सम्पत्ति कायम गरेको छ । 

बचतकर्ताबाट मासिक ५०० बचत जम्मा हुने र सहकारीले व्यवसायिक कर्जा, घरायसी कर्जा, शैक्षिक कर्जा लगायतमा लगानी गर्दै आएको अध्यक्ष पराजुलीले बताए ।

साधारणसभामा अध्यक्ष पराजुलीले संस्थाको वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन भने बालबालिकाहरूद्वारा बचत खुत्रुकेमा पैसा जम्मा गरेर सामूहिक रुपमा गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष अर्जुनकुमार भट्टराई, सचिव भूपप्रसाद बास्तोला, तारा फुयाल पराजुली, जेष्ठ नागरिक समाजका उपाध्यक्ष गणेश बिमली, लेखा सुपरीवेक्षण समिति संयोजक सरोज दाहाल लगायतको उपस्थिति थियो ।

View : 26

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved