Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

चितवन, गोरखा र उदयपुरमा भयो भारी वर्षा

उद्‌घोष संवाददाता
२८ फागुन २०८२, बिहिवार

Advertisement

काठमाडौँ । मौसम बदली भएसँगै बिहीबार दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ ।

चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ । अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ । यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

View : 193

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved