विराटनगर । मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीले कार्यकालको पहिलो स्वागत वालिङ उद्योग वाणिज्य संघलाई गरेका छन् । अध्यक्ष राठीले वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठसहितको कार्यसमितिको टोलीलाई मंगलबार संघको कार्यालयमा स्वागत गरेका हुन् ।
सो अवसरमा निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहसहितले स्याङजा वालिङका व्यवसायीलाई स्वागत गरेका थिए ।
मोरङ उद्योग व्यापार संघका महासचिव सञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेको स्वागत तथा भेटघाट कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारी, महासचिव रमेश अर्याल, सचिव पिताम्बर खनाल, कोषाध्यक्ष खगुपति न्यौपाने, सह–कोषाध्यक्ष केशव पराजुलीसहितको टोली सहभागी भएको हो ।
View : 335
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved