विराटनगर । नेकपा एमालेले पूर्व सभामुख देवराज घिमिरे, मोरङका नेताद्वय लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेसहितका नेताहरुलाई स्थायी कमिटीमा मनोनित गरेको छ ।
एमाले केन्द्रीय कमिटीको बैठकले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी विधानमै नभएको ‘वरिष्ठ नेता’ बनाउने निर्णय पनि गरेको छ ।
बिहीबार एमालेले गरेको निर्णय अनुसार कोशी प्रदेशका तीन नेता झापाका घिमिरे, मोरङका पण्डित र तुम्बाहाम्फेसहित ७ जना स्थायी कमिटीमा मनोनीत भएका छन् ।
जस अनुसार ईश्वर पोखरेल, थममाया थापा, प्रदीप ज्ञवाली, काशीनाथ दवाडीलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको हो । त्यसैगरी कोशी प्रदेशका थप ७ जनासहित विभिन्न प्रदेशका नेताहरु केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको विषय जानकारी गराइएको थियो ।
जस अनुसार सुनसरीबाट धर्म निरौला र प्रेम दंगाल, झापाकी जानुका सिम्खडा, ताप्लेजुङका पासाङ शेर्पा, रवि चामलिङ, धनकुटाका अर्जुन राई, तेह्रथुमका भवानी खापुङ केन्द्रीय सदस्य मनोनित भएका छन् ।
त्यस्तै हरि रिजाल, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, कौशिला खत्री, बिना बास्तोला केन्द्रीय सदस्य भएका हुन् ।
यस्तै मोहम्मद इस्तियाक राई, प्रदीप यादव, डा. अब्दुल हुसेन अन्सारी, डीडी कार्की, दीपक साउद, जय गोले, धर्मराज निरौला, रवि चाम्लिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved