Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अभिषेक गिरी प्रहरी नियन्त्रणमा

उद्‌घोष संवाददाता
१३ असार २०८३, शनिवार

Advertisement

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न अपराधिक गतिविधिमा संलग्नता रहेको आरोप लाग्दै आएका अभिषेक गिरीलाई घरैबाट नियन्त्रणमा लिएको छ ।

गिरीले घरमा अवैध हातहतियार राखेको हुनसक्ने सूचनाका आधारमा प्रहरीले शनिबार विहानै घरमा खानतलासी लिएको थियो । प्रहरीले तलासीका क्रममा के बरामद भयो भन्ने कुरा खुलाएको छैन ।

विराटनगर-८ मधुमारास्थित गिरीको घरमा झण्डै दुईघण्टाको खानतलासीपछि नियन्त्रणमा लिइएको जनाइएको छ ।

हत्या आरोपमा कैद भुक्तान गरिसकेका गिरी विराटनगरमा गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी स्रोतकै भनाई छ । पछिल्लो समयमा गिरीले आफूलाई समाजसेवी र राजनीति कार्यकर्ताका रुपमा उभ्याउने प्रयास गर्दै आएका छन् ।

View : 320

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved