Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कटहरीमा अध्यक्ष कप फुटबल शुरु

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दोस्रो संस्करणको पालिकास्तरीय अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

कटहरी गाउँपालिकाको आयोजनामा कटहरी–६ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । 

प्रतियोगिताको कटहरीका अध्यक्ष देवराज चौधरीले म्याच रेफ्रीलाई फुटबल हस्तान्तरणगर्दै शुभारम्भ गरे ।

प्रतियोगिता उद्घाटनको अवसरमा कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । सो खेलमा जनप्रतिनिधिको टोलीले कर्मचारीको टोलीलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको छ । 

मैत्रीपूर्ण प्रतियोगितामा कटहरीका अध्यक्ष चौधरीसमेत खेलाडीकारुपमा सहभागी थिए ।  

प्रतियोगितामा मोरङ, सुनसरीका विभिन्न १६ वटा टोलीको सहभागिता छ । 

प्रतियोगितामा पीकेएफसी मोरङ, फाइभस्टार क्लब इटहरी, गोल्डेन स्टार युवा क्लब सुनसरी, मातृभूमि समाज सेवा क्लब कानेपोखरी, विराटनगर–१९ र जनपथ एकेडमी विराटनगरको सहभागिता छ । 

यसैगरी नेताचौक टाइगर क्लब, नेपाल प्रहरीको मोरङ टोली, लखन्तरी युवा क्लब, नवदुर्गा स्पोर्टिङ क्लब, चौधरीचोक युवा क्लब तथा धनपालथानको फुटबल टोलीको सहभागिता छ । 

यस्तै योङ हार्ट ग्रुप, बीवाईसी युवा क्लब, बनसखण्डी युवा क्लब र डिग्री फुटबल क्लबको समेत सहभागिता रहेको आयोजक समितिले जनाएको छ । 

प्रतियोगिताको उपाधि बिजेतालाई नगद र ट्रफीसहित नगद १ लाख १ हजार तथा उपबिजेतालाई नगद ७५ हजारको पुरस्कार राशि प्रदान गरिने जनाइएको छ ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved