विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले अन्याय र थिचोमिचो बिरुद्ध महिलाहरुले बोल्नुपर्ने बताएका छन् ।
विराटनगरस्थित अल–आमना मुस्लिम महिला नेपालले मुस्लिम महिलाहरुलाई लक्षित गरेर विराटनगरमा आयोजना गरेको पाँचदिने क्षमता विकास तालिम समापनको अवसरमा बोल्दै उनले समाजमा महिला हिंसाका विभिन्न स्वरुप रहेकाले महिलाहरु त्यसबिरुद्ध बोल्नुपर्ने बताए ।
उनले अन्यायको बिरुद्ध नबोल्दा महिलाहरु कैयन ठुल्ठुला हिंसाका घटनामा परेको उदाहरणहरु रहेको बताउँदै त्यस प्रकारको घटनाबाट बाँच्न पनि महिलाहरुले बोल्नुपर्ने उल्लेख गरे ।
आयोजक संस्थाका सल्लाहकार मोहम्मद अफजल हुसेन ‘गुल्जार’ ले पाँचदिने तालिमको क्रममा महिलाहरुले सिकेका र जानेका कुराहरु आफ्ना छरछिमेकमा रहेका महिलाहरुलाई पनि सिकाउन आग्रह गरे ।
विराटनगर महानगरपालिकाको सहयोगमा आयोजना गरिएको तालिममा विराटनगर–६ का ४० जना मुस्लिम महिलाहरुले सहभागिता जनाएको आयोजक अल–आमना मुस्लिम महिला नेपालकी अध्यक्ष मदिना खातुनले जानकारी दिइन् ।
View : 114
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved