विराटनगर । भारत सरकारले नेपाली उत्पादनहरूको भारतमा निर्यातका लागि अनिवार्य गरेको ब्युरो अफ इण्डियन स्टाण्डर्ड (बिआईएस) लाइसेन्सको नवीकरण र नयाँ जारी गर्ने प्रक्रियामा ढिलासुस्ती गर्दा नेपाली निर्यातकर्ता उद्योगहरूको निर्यात ठप्प भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
भारतीय पक्षको व्यवहारका कारण नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित भएको भन्दै संघले सो समस्या समाधानका लागि भारत सरकारसँग तत्कालै कूटनीतिक पहल गन सरकारसँग आग्रह गरेको छ ।
भारतीय पक्षले नेपाली निर्यातकर्ताहरूको बिआईएस लाइसेन्स नवीकरण नगर्दा तथा नयाँ लाइसेन्स जारी गर्न आनाकानी÷ढिलासुस्ती गर्दा भारतीय बजारमा नेपाली उत्पादनहरूको निर्यातमा अवरोध भएको संघका अध्यक्ष अनुपम राठीले जनाएका छन् ।
विशेष गरी फरेन म्यानुफयाक्चर सर्टिफिकेट स्किम अन्तर्गत नेपाली उद्योगका हकमा आवेदन, निरीक्षण, परीक्षण र स्वीकृतिका सम्पूर्ण चरणहरूको समयसीमा स्पष्ट रुपमा निर्धारण नगरिएको अवस्था छ ।
जसका कारण दुई देशबीचको द्विपक्षीय व्यापार प्रभावित भएको संघको भनाइ छ ।
संघले उद्योग र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्राचार गरी भारतीय पक्षको सो नन टेरिफ वेरियर (गैर–भन्सार अवरोध) ले नेपालका निर्यातजन्य उद्योग÷व्यवसायहरू प्रत्यक्ष आर्थिक क्षति पु¥याइरहेको जानकारी गराउँदै त्यस प्रकारको अवरोधलाई तत्कालै समाधान गर्न आग्रह गरेको छ ।
सरकारले तत्काल कूटनीतिक च्यानल प्रयोग गरी यस विषयलाई सम्बोधन नगरे नेपाली उद्योगहरू धराशायी हुने अवस्था आउन सक्नेतर्फ संघले ध्यनाकर्षण गराएको छ ।
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved