Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

वडाध्यक्ष महतोद्वारा क्रिकेटर ललित राजवंशीलाई ५० हजार प्रदान

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बुधवार

विराटनगर । क्रिकेटर ललित राजवंशी आफ्नै वडामा नगदसहित सम्मानित भएका छन् ।

विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सुर्यनारायण महतोले राजवंशीलाई ५० हजार रुपैयाँको चेकसहित सम्मानित गरेका हुन् ।

क्रिकेटर राजवंशी विराटनगर–१४ निवासी हुन् । उनलाई वडाका अन्य जनप्रतिनिधि र अगुवा समाजसेवीसहितको उपस्थितिमा सम्मानित गरिएको वडाध्यक्ष महतोले बताए ।

ललितले क्रिकेट खेलका माध्यमबाट आफ्नो गाउँ समुदायकै गौरव बढाएका कारण सम्मानित गरिएको उनले जानकारी दिए ।

View : 38

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved