Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

खेलकुद महासंघ मोरङको पुनर्गठन

उद्‌घोष सम्वाददाता
७ फागुन २०८०, सोमवार

विराटनगर । नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको छ । बैठकले मनोज खड्काको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गर्दै ५५ सदस्यीय कमिटी निर्माण गरेको हो ।

कमिटीको दुई उपाध्यक्षहरूमा प्रभाकर राना (रिक्की) र नन्दलाल मण्डल, सचिवमा सागर खत्री, दुई सहसचिवमा मेनुका ठाकुर र मिलन खत्री तथा कोषाध्यक्षमा करुणा दाहाल चयन भएका हुन् । 

नेकपा एमाले मोरङको पार्टी कार्यालयमा महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको उपस्थितिमा बसेको बैठकले पुराना पदाधिकारी र सदस्यहरूलाई बिदाई गर्दै कमिटीमा नयाँ सदस्यहरू समेत थप गरेको जनाइएको छ । 

बैठकमा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, खेलकुद महासंघ स्थायी कमिटी सदस्यहरू रोहित कोइराला, मनोज बिक्रम शाह, सचिवालय सदस्यहरू योगेश बस्नेत, शीतल राय, शान्ता जोशी लगायतले शुभकामना दिएका थिए । 

बैठकले महासंघको कोशी प्रदेश कमिटीमा दिपकप्रसाद घिमिरे, राजु धमला र प्रकाश पोखरेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको पनि जनाइएको छ ।

View : 519

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved