विराटनगर । आठ करोड ४२ लाख रुपैयाँ बिगो कायम भएको १२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार २०० रुपैयाँ जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय शेरबहादुर मगरलाई पक्राउ गरेको हो ।
मगरविरुद्ध उच्च अदालत पाटन काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतका विभिन्न इजलासबाट बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा फैसला भएको प्रहरीले जनाएको छ ।
अदालतको फैसलाअनुसार उनलाई २ वर्ष १४ दिन कैद तथा ६२ लाख १० हजार २०० रुपैयाँ जरिवाना तोकिएको थियो ।
फैसला कार्यान्वयनका लागि फरार रहेका मगरलाई खोजतलास गर्ने क्रममा प्रहरीले ललितपुर महानगरपालिका–१० स्थित स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि ललितपुरबाट काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मगरविरुद्धका १२ वटा बैंकिङ कसुर मुद्दामा कुल ८ करोड ४२ लाख रुपैयाँ बिगो कायम भएको छ ।
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved