Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराट व्यापार संघमा होली मिलन भव्य (फोटो)

उद्‌घोष संवाददाता
२६ फागुन २०८१, सोमवार

विराटनगर । विराट व्यापार संघले सोमबार भव्य रुपमा होली मिलन आयोजना गरेको छ । 

संघका अध्यक्ष अन्सु बन्जराको नेतृत्वमा आयोजित होली मिलन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत निजी क्षेत्रका संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विराटनगरस्थित मारवाडी सेवा सदनको प्राङ्गणमा आयोजित कार्यक्रममा कलाकारहरूले गीत संगीत तथा मनोरञ्जनात्मक प्रहसन गरेका थिए । 

कार्यक्रममा एमाले नेता विनोद ढकालदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुली, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, उद्योगीहरू महेश जाजु, प्रकाश मुन्दडा, नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संघको महिला उद्यम समितिका पदाधिकारीहरूले समेत नृत्य प्रस्तुत गरेका थिए । 

\

View : 1280

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved