विराटनगर । मानगढ खानेपानी आयोजनाको चारवटा ‘सिस्टम’ को अवस्थाबारे शनिबार उपभोक्ता संस्थाको तर्फबाट स्थलगत अनुगमन गरिएको छ ।
विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लालमणि भट्टराईको नेतृत्वमा पदाधिकारी, सदस्य र विभिन्न उपसमिति र सल्लाहकारहरूको टोलीले आयोजनाका चारवटा मुख्य पानी प्रवाह गर्ने प्रणालीको अनुगमन गरेको हो ।
आयोजना क्षेत्रभित्र संचालनमा रहेका पानी वितरण गर्ने मुख्य प्रणालीको अवस्था, पानीको स्रोत, पानीको सुद्धिकरण, क्लोरिनेशन, पूर्वाधार र मर्मत सम्भारको अवस्था र वितरण प्रणालीबारे जानकारी आदान–प्रदान गर्ने उदेश्यले अनुगमन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
आयोजना अन्तरगत मुख्य कार्यालयमा रहेको ओभरहेड ट्याङ्की र पानी वितरण प्रणाली, बुढीगंगा–१ मा रहेको ओभरहेडसहितको वितरण प्रणाली, विराटनगर–४ खार्जीमा संचालनमा ल्याउन लागिएको फिल्टरसहितको प्रणाली, विराटनगर–३ स्थित पुष्पलाल चोकमा रहेको ओभरहेड ट्यांकी लगायतका भौतिक संरचनाको अनुगमन गरिएको सचिव प्रदिप नेपालले बताए ।
मानगढ खानेपानी आयोजना अन्तरगत हाल ६ हजार बढी उपभोक्तालाई शुद्ध पिउने पानी वितरण हुँदै आएको छ ।
आयोजनाले विराटनगर–४ मा यसै बर्ष करीव १९ किलोमिटर पाइप विस्तार गरी पानी वितरण गर्ने तयारी गरेको छ ।
त्यस्तै विराटनगरको वडा नम्बर १ र १९ मा समेत पानीको पाइपलाइन विस्तार र सुधार गर्नका लागि आयोजनाले आवश्यक पहल सुरु गरेको जनाइएको छ ।
View : 158
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved