विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे धान खेतको आली प्रयोग गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७ हजार गोटा ब्रोइलर कुखुराका चल्ला बरामद गरेको हो ।
प्रहरीका अनुसार १४ वटा भारमा १४० कार्टुनमा राखेर ल्याइँदै गरेका उक्त चल्लाको अनुमानित मूल्य ७ लाख रुपैयाँ रहेको छ ।
प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू चल्ला छाडेर भारततर्फ फरार भएका थिए ।
बरामद गरिएका चल्ला आवश्यक कारबाहीका लागि बीओपी सिक्टीमा ल्याई राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved