विराटनगर । मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
‘चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्ट’ को सहयोगमा ‘न्यू लाइट फाउण्डेसन’ र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएकोे हो ।
एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीका अनुसार किसान आधारभूत विद्यालय, रामजानकी आधारभूत विद्यालय, देवकोटा आधारभूत विद्यालय, रणपाल विद्यालय, एकता आधारभूत विद्यालय र महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
एकीकृत हातेमालो समाजले मोरङको बाहुनी, तेतरिया, मोतीपुर, बेलबारीलगायतका स्थानमा विगतदेखि नै शैक्षिक सामग्री वितरण गर्दै आएको थियो ।
त्यस्तै समाजले ज्येष्ठ नागरिकका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको भवनसमेत निर्माण गरेको छ ।
View : 35
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved