Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

जुवाको खालबाट घरधनीसहित ११ जना पक्राउ

उद्‌घोष संवाददाता
१७ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१२ फुलचोकमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले ११ जना पक्राउ गरेको छ । 

स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित नियन्त्रणमा लिएको हो ।

जुवाको खालबाट नगद रू. १ लाख ८२ हजार ३८२ रुपैया“सहित १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा घरधनी ४५ वर्षीय महेन्द्र चौधरीसहित ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नविन तामाङ, ५४ वर्षीय वसन्त राई, ६२ वर्षीय नारायण पौडेल, ५१ वर्षीय रविन्द्र राई, ५४ वर्षीय हेमन्त राई र २८ वर्षीय रुद्र बहादुर परियार रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

View : 123

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved