विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पहिलो चरणमा ५० हजार रूपैयाँ विराटनगर महानगरलाई हस्तान्तरण गरेको छ ।
महानगरको सौन्दर्यकरणका लागि ‘ख’ वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरूप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड फाइनान्सका शाखा प्रमुख हरिबहादुर श्रेष्ठ र अप्रेसन इञ्चार्ज मुकेश दाहालले ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बाँकी रकम दोस्रो चरणमा उपलब्ध गराइने शाखा प्रमुख श्रेष्ठले बताए ।
इन्भेष्टमेन्ट एण्ड फाइनान्ससहित १९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३३ लाख रूपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved