Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नन्दलाल–चन्द्रकला स्मृति कोषबाट सहयोग

उद्‌घोष संवाददाता
१९ वैशाख २०८३, शनिवार

विराटनगर । नन्दलाल–चन्द्रकला भण्डारी स्मृतिकोषले विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोग रकम प्रदान गरेको छ । 

कोषका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा व्यासाचार्य पण्डित भवानीशंकर निरौला लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । 

यसवर्ष कोषले गोग्राहा माविका गरीव तथा जेहन्दार बिद्यार्थीहरूका लागि छात्रवृत्ति वापत १५ हजार रुपैयाँ प्रदान गरेको छ । चतराधामस्थित गुरुकुल विद्यालयको निर्माणका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ । 

त्यस्तै सुनसरीको दुहबी नगरपालिका–१२ स्थित आधारभूत विद्यालयलाई पाँच सय लिटरको पानी ट्यांकी उपलब्ध गराएको छ ।

कोषले मुटुरोगी व्यक्तिलाई २० हजार रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराएको जनाइएको छ । त्यस्तै भक्ति दाहाल ‘बिस्फोट’ को शब्दकोष नागरिक समाज प्रकाशक भएर प्रकाशन गरेमा प्रेसमार्फत २१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषका अध्यक्ष मार्सेलीले बताए । 

कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, समाजसेवी माधवप्रसाद कोइराला लगायतले शुभकामना दिएका थिए । 

कोषले हरेक वर्षझैं यसवर्ष पनि आफ्ना पितृहरूको स्मृतिमा भजन किर्तन कार्यक्रम गरेको उनले बताए । 

अक्षयकोषमा १५ लाख दुई हजार १११ रुपैयाँ रहेको र त्यसैको ब्याजबाट सामाजिक गतिविधि गर्दै आएको अध्यक्ष मार्सेलीले जानकारी दिए ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved