Biratnagar, Morang, Nepal
१४ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

तमोर नदीमा जडान भयो बेली ब्रिज

उद्‌घोष संवाददाता
१४ भदौ २०८३, आइतवार

Advertisement

ताप्लेजुङ । तमोर नदीमा बेली ब्रिज जडानको काम सकिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा माथिल्लो तमोर जलविद्युत आयोजनाले बेली ब्रिज निर्माण गरेको हो ।  

फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेल ब्रिज निर्माण गरिएको हो । कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार बेल ब्रिजको लम्बाई ५४।८ मिटर र चौडाइ ४।५ मिटर रहेको छ । उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ । 

तमोर इनर्जी प्रालिको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

View : 17

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved