Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

एलजीको ‘एसेन्सियल सिरिज’ इटहरीमा पनि सार्वजनिक

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

इटहरी । एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर विकास गरेको नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ इटहरीमा पनि सार्वजनिक गरेको छ । 

एलजीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा इटहरीस्थित रामदा होटलमा सोमबार आयोजित कार्यक्रममा उक्त उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।

‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यो श्रृंखलामा आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन तथा किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

नेपाली परिवारको दैनिक आवश्यकता र स्थानीय वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास कम्पनीको छ ।

कार्यक्रममा सिजी इलेक्ट्रोनिक्सका महाप्रबन्धक पुरुषोत्तम भण्डारीले ग्राहक तथा बिक्रेताको विश्वास र साथकै कारण कम्पनी आजको स्थानमा पुगेको बताए । 

उनले आगामी दिनमा पनि समय र प्रविधिअनुसारका नयाँ उत्पादन नेपाली बजारमा ल्याइरहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा अग्रणी ब्रान्डका रूपमा स्थापित एलजीले आफ्नो नेतृत्व कायम राख्ने दाबी गरे । 

एलजी एसेन्सियल सिरिजको अनावरण महाप्रबन्धक भण्डारीसँगै कम्पनीको विराटनगरस्थित सबैभन्दा पुरानो डिलर जयदीप इलेक्ट्रोनिक्सका प्राञ्जल तोदी अग्रवालले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रबन्धक बद्री भट्टराईले सहभागीलाई स्वागत गरेका थिए भने उत्पादन प्रबन्धक शेखर शर्माले एलजीका नयाँ उत्पादनका विशेषता प्रस्तुत गरेका थिए ।

एलजी इलेक्ट्रोनिक्सका मुकेश बैठा र अभिषेक श्रेष्ठले कम्पनीको विश्वव्यापी यात्रा, प्रविधिगत विकास र नेपाली बजारप्रतिको प्रतिबद्धताबारे जानकारी दिएका थिए ।

नयाँ श्रृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएको डबल डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टप लोड वासिङ मेसिन तथा एयर कन्डिसनर सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार, डबल डोर रेफ्रिजेरेटरमा बरफ नजम्ने प्रविधि प्रयोग गरिएको छ । यो प्रविधिका कारण हातैले बरफ पगाल्नुपर्ने झन्झट नहुने कम्पनीको दाबी छ । 

यसमा रहेको स्मार्ट मोडले मौसमअनुसार स्वचालित रूपमा चिस्यान सन्तुलन मिलाउनेछ । साथै अघिल्ला मोडेलको तुलनामा करिब २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको बताइएको छ ।

पूर्ण स्वचालित टप लोड वासिङ मेसिन नेपालका विभिन्न भौगोलिक तथा वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ । 

यसमा टिकाउ मोटर, विशेष सुरक्षा आवरण, पानी प्रतिरोधी नियन्त्रण प्यानल तथा कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने प्रविधि जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

त्यसैगरी नयाँ एयर कन्डिसनमा ऊर्जा–दक्ष प्रविधि प्रयोग गरिएको, जसले कोठालाई चिसो र तातो दुवै बनाउन सक्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

परम्परागत नन–इन्भर्टर एयरकन्डिसनको तुलनामा कम विद्युत् खपत हुने र वातावरणमैत्री रेफ्रिजरेन्ट ग्यास प्रयोग गरिएकाले यसले वातावरण संरक्षणमा पनि योगदान पुर्याउने कम्पनीको दाबी छ । 

न्यून ध्वनिमा सञ्चालन हुने भएकाले प्रयोगकर्ताले थप सहज अनुभव प्राप्त गर्ने कम्पनीले प्रष्ट पारेको छ ।

कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिजका उत्पादनको बिक्री नेपालभर जुन २०२६ देखि सुरु भएको छ । 

प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ । 

यी उत्पादन एलजीका आधिकारिक ब्रान्ड शोरुम, बहुब्रान्ड बिक्री केन्द्र तथा प्रमुख विद्युतीय व्यापार (ई–कमर्स) माध्यमबाट उपलब्ध हुने बताइएको छ ।

सिजी कर्प ग्लोबलअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनको एकमात्र आधिकारिक वितरक हो । 

एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरसँग चार दशकभन्दा लामो सहकार्य गर्दै आएको कम्पनीले एलजीलाई नेपालको सबैभन्दा विश्वासिलो उपभोक्ता विद्युतीय उपकरण ब्रान्डमध्ये एकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

View : 9

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved