Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

कोशीका शिक्षा अधिकृतहरूलाई अभिमुखीकरण

उद्‌घोष संवाददाता
२ पुष २०८२, बुधवार

विराटनगर । शिक्षासँग सम्बन्धित विभिन्न प्रकारका नीति, कानुन, नियम, निर्देशिका, मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कोशी प्रदेशका १३७ स्थानीय तहका शिक्षा शाखाका अधिकृतहरूलाई अभिमुखिकरण सुरु भएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको आयोजनामा कोशी प्रदेशभित्रका स्थानीय तहका शिक्षा अधिकृतहरू, १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख लगायतलाई अभिमुखिकरण गरिएको हो ।

सोमबारदेखि सुरु भएको अभिमुखिकरण पाँच दिनसम्म सञ्चालन हुने जनाइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारी, शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकाल, युनिसेफका प्रतिनिधि जिम्मे लगायतले सहभागीहरूलाई सहजिकरण गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको जनाइएको छ । 

कार्यक्रममा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा विषयमा गम्भीर र गहन छलफल गरिंदैछ । सहभागीहरूले स्थानीयस्तरका शिक्षा क्षेत्रको कानुन कार्यान्वयनका क्रममा भोग्नु परेको अप्ठेरोमाथि छलफल गरी प्राप्त भएका सुझावलाई कार्यान्वयनका लागि मन्त्रालयमा पठाइनेछ ।

अभिमुखिकरणले तीन तहका सरकारबीच शिक्षा क्षेत्रसँग समन्वय गरी आइपरेका समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास लिइएको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सातै प्रदेशमा चालु आर्थिक वर्ष २०८२–८३ मा यस्तो कार्यक्रम आयोजना गर्ने क्रममा कोशी प्रदेशमा अन्तिम कार्यक्रम गरेको हो ।

अभिमुखिकरणमा गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको जनाइएको छ ।

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved