Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

व्यापार संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

उद्‌घोष संवाददाता
२२ असार २०८२, आइतवार

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा मोरङको केराबारीस्थित फेवा सेकेन्डरी बोर्डिङ स्कुलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

संघले विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलसँगको सहकार्य तथा केराबारी व्यापार प्रवन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षमा शिविरको उद्घाटन गरिएको हो । शिविरमा जेनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी तथा नसा रोग, बालरोग, नाक कान घाटी, दन्तरोग सेवा, शल्यक्रिया चिकित्सा सेवा, आँखाजाँच, रेडियोलोजी सेवा, ईसिजी (मुटुको जाँच) सेवा, ल्याव परीक्षण सेवा प्रदान गरी सात सय बढीलाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाइको छ ।

दुरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको हो । 

शिविरमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, प्रवक्ता दिपेश सुवेदी, स्वास्थ्य शिविर संयोजक एवम् संघका आमन्त्रित सदस्य डा.दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समितिकी सह–संयोजक साधना झा, सचिव जीना श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी लगायत केरावारी व्यापार प्रवन्ध समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

View : 362

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved