Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

एसबीएससी चित्रकलाको उपाधि ग्रेडेड र अरिहन्तलाई

उद्घोष सम्वाददाता
८ फागुन २०८०, मङ्गलवार

विराटनगर । जिल्लास्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड  बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ ।  

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरेको प्रतियोगिताको माथिल्लो कक्षा (वरिष्ठ)तर्फबाट ग्रेडेड स्कुलकी उमा साह र तल्लो कक्षा (कनिष्ठ)तर्फको उपाधि अरिहन्तकी नम्रता चौधरीले जितेका हुन् । 

वरिष्ठतर्फ विराटनगरस्थित बुढानिलकण्ठ स्कुलका अपेक्षा राई द्वितीय, मोरङ पब्लिक स्कुलकी दीक्षा सुनार तृतीय र बाल्मीकि स्कुलका बादल पासवानले सान्त्वना पुरस्कार पाए । 

यसैगरी कनिष्ठतर्फ एजेलिया स्कुलका दिबिना बस्नेत द्वितीय, पोलस्टार स्कुलकी  आस्मा सापकोटा तृतीय र मोरङ पब्लिक स्कुलकी मुना थापाले सान्त्वना स्थान पाइन् । 

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गरेका छन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारीले प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर जिल्लास्तरीय चित्रकला प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगितामा जिल्लाभरीका ३० भन्दा बढी विद्यालयबाट ८१  विद्यार्थीले भाग लिएको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले बताए ।

View : 104

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved