Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

स्वास्थ्यकर्मीसहित घरघर पुग्दै वडा नम्बर ८ का जनप्रतिनिधि

उद्घोष सम्वाददाता
१९ चैत २०८०, सोमवार

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीसहित ज्येष्ठ नागरिकलाई सेवा पुर्‍याउन घरघर पुगेका छन् । वडाले  ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान शुरु गरेको हो ।

वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधि लगायतका सामग्रीहरू पनि वितरण गरेको छ ।

कार्यक्रमको विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले आइतबार शुभारम्भ गरेकी हुन् ।

उनले विराटनगर–८ अमरटोलीका १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ गरेकी थिइन् ।

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्रीलगायतका सामानहरू घर–घरमा वितरण शुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाइ कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाइट वितरण गरिएको उनले बताए । 

कार्यक्रममा वडाध्यक्ष पोखरेल, वडासदस्यहरु ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

अभियान अन्र्तगत आज विराटनगर अमरटोलका १४ जना जेष्ठ नागरिकको घरमा पुगिएको वडासदस्य पवित्रा विकले जानकारी दिइन् ।

विराटनगर ८ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको जनाइएको छ ।

View : 140

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved