Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

स्थापनाको पहिलो वर्षमै मार्टस् माविमा विद्यार्थीको आकर्षण

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । संस्थागत विद्यालयका प्रँचार्यहरूको सहकार्यमा विराटनगरमा यसै बर्ष स्थापित विराटनगर–१० स्थित मार्टर्स प्लसटु (कलेज) मा कक्षा ११ मा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका छन् । नयाँ भर्ना भएका ७३७ जना विद्यार्थीहरूलाई आइतबार अभिमुखीकरण गरिएको छ ।

मार्टस्मा विज्ञान संकायतर्फ ३९१, व्यवस्थापनमा २९४ र होटल व्यवस्थापनतर्फ ५२ जना विद्यार्थी भर्ना भएको प्राचार्य  सीएम श्रेष्ठले बताए । उनले स्थापनाको पहिलो वर्षमै ऐतिहासिक रुपमा विद्यार्थीहरूले मार्टस् रोजेको उनले जानकारी दिए ।

प्राचार्य श्रेष्ठले कलेज स्थापनाको औचित्य पूरा भएको बताउँदै अब अभिभावकहरूको अपेक्षा पूरा गर्न केन्द्रित हुने घोषणा गरे ।

‘हाम्रो सपना साकार हुँदैछ, अबको दुई वर्षमा अभिभावकहरूलाई यो गुन फिर्ता गर्छौं, अपेक्षा पूरा गर्नेछौं’ उनले भने, ‘२४ घण्टा खटेर काम गर्दैछौं, हामीसँग अझै १५० जना भर्ना लिने क्षमता छ, त्यो पनि छिट्टै पूरा गर्छौं ।’

अभिभावकहरूको चाहना बमोजिमको अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न कलेजको सञ्चालक टिम पूर्ण रुपमा लागि पर्ने बताए । 

अहिलेका कक्षा कोठा वातानुकुलित रहेको र स्मार्ट क्लासको माध्यमबाट पठनपाठन हुने जानकारी दिए ।

कलेजका अध्यक्ष बिष्णु डंगोलको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलसहित प्याब्सन कोशीका कोषाध्यक्ष प्रेम सुवाल, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, कलेज सञ्चालक सदस्य अर्जुन श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

सोही अवसरमा विभिन्न विद्यालयबाट एसईई परीक्षामा जीपीए ४ ल्याएर मार्टस् कलेजमा भर्ना भएका विद्यार्थीहरू नारायण लुईंटेल, सुयोग ढकाल र सचिन्द्र मण्डललाई जनही १० हजार रुपैयाँसहित सम्मानित गरिएको थियो । त्यस्तै, विभिन्न विद्यालयबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका ३२ विद्यार्थीहरूलाई समेत कलेजले सम्मानित गरेको थियो ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved