Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तर विद्यालय एसईई फुटबल : मोडर्न एरा र मोरङ पब्लिक सेमिफाइनलमा

उद्‌घोष संवाददाता
१९ वैशाख २०८३, शनिवार

विराटनगर । विराटनगरमा जारी अन्तर विद्यालय एसईई फुटबल प्रतियोगितामा विराटनगरको मोडर्न एरा स्कुल र बुढीगंगाको मोरङ पब्लिक स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मिल्स पार्क क्लब, रानीको आयोजनामा विराटनगरको जुटमिल खेलमैदानमा शनिबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलहरूमा जित निकाल्दै यी दुई विद्यालय अन्तिम चारमा पुगेका हुन् ।

शनिबार भएको पहिलो खेलमा मोरङ पब्लिक स्कुलले विराटनगरको ग्रेडेड स्कुललाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । 

मोरङ पब्लिकको जितमा पदम दोर्जे तामाङले दुई गोल गरे भने आयुष विश्वास र प्रज्वल चौधरीले समान १–१ गोलको योगदान दिए । मोरङ पब्लिकले मध्यान्तर अघि एक गोल र पछि थप तीन गोल गरेको थियो ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले ग्रामथानको शारदा स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । मोडर्न एराका लागि सुशान्त कोरोइलाले निर्णायक गोल गरे 
 । 

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुनेछन् । पहिलो खेल विराटनगरको एभरेष्ट स्कुल र अर्पण स्कुलबीच हुनेछ भने दोस्रो खेल गोदावरी र सनसाइन स्कुलबीच हुने आयोजकले जनाएको छ ।

वैशाख २३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । 

प्रतियोगिताको विजेताले नगद ३१ हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १६ हजार रूपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साहले गरेका थिए । 

उद्घाटन कार्यक्रममा विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोर शाही, प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, मिल्स फार्क क्लब रानीका अध्यक्ष धनबहादुर तामाङ लगायतको उपस्थिति थियो ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved