Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

जोगबनीबाट सिलिगुडी र रक्सौल रेल चल्ने

भारतीय रेलका उपनिर्देशक राजेश कुमारद्वारा जारी सूचना अनुसार जोगबनीबाट सिलिगुडी सातामा पाँच दिन र जोगबनीबाट रक्सौल सातामा दुई दिन रेल सञ्चालन हुनेछ । सोमबार र बिहीबार जोगबनी–रक्सौल र अन्य बार जोगबनी–सिलिगुडी रेल सञ्चालनको तयारी भएको बताइएको छ ।
उद्घोष सम्वाददाता
२३ माघ २०८०, मङ्गलवार

विराटनगर । विरारटनरगको सीमावर्ती भारतीय बजार जोगबनीबाट पश्चिम बंगालको सिलिगुडी र विहारको रक्सौलसम्म रेल सेवा सञ्चालन हुने भएपछि आसपासका बासिन्दा खुशी भएका छन् ।

नेपालका सीमावर्ती क्षेत्रमा चल्ने रेलको फाइदा प्रत्यक्ष रुपमा नेपालीलाई पनि हुने भएकाले नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दा खुशी भएका हुन् । विराटनगरका धेरै मानिस किनमेलका लागि सिलिगुडी जान्छन् भने व्यावसायिक कामका लागि उद्योगी व्यापारी रक्सौलसम्म जाने गरेका छन् । व्यावसायिक र घरायसी सामान खरिदका लागि विराटनगरबाट काँकडभिट्टा नाका हुँदै सिलिगुडी जाने गरिएको छ ।

औद्योगिक कच्चा पदार्थ कहिलेकाहीँ रक्सौल हुँदै वीरगञ्ज नाकाबाट कोशी प्रदेशका उद्योगमा ल्याइने गरिएको छ । त्यसका लागि यहाँका ब्यावसायिक क्षेत्रका मानिसलाई गाडीबाट एक दिन लगाएर जानु पर्ने बाध्यता थियो । भारतको रेल विभागले सीमापारिका ती दुई बजारमा जोगबनीबाट रेल सञ्चालनको तयारी गर्दैछ ।

भारतीय रेलका उपनिर्देशक राजेश कुमारद्वारा जारी सूचना अनुसार जोगबनीबाट सिलिगुडी सातामा पाँच दिन र जोगबनीबाट रक्सौल सातामा दुई दिन रेल सञ्चालन हुनेछ । सोमबार र बिहीबार जोगबनी–रक्सौल र अन्य बार जोगबनी–सिलिगुडी रेल सञ्चालनको तयारी भएको बताइएको छ । थप रेल आउने भएकाले जोगबनीस्थित रेल स्टेशनमा निर्माण कार्य धमाधम हुँदैछ । 

जोगबनीका सञ्चारकर्मी सुदिप भारतीका अनुसार स्टेशनमा पीट लाइन बिच्छ्याइँदैछ भने रेल सफाइ र धुलाइका लागि पनि अलग्गै स्थान बनाउने तयारी भएको छ । यस्तै यात्रीका लागि अर्को प्लेटफर्म पनि बनाउने तयारी भएको छ । जोगबनीबाट सुरु हुने नयाँ रुटमा सबै भन्दा बढी दरभंगा र सहरसाका यात्री हुने स्थानीयको भनाइ छ ।

औद्योगिक कच्चा पदार्थ आयात वा किनमेलका लागी सिलिगुडी जान भने लामो रुट भएको उद्योगी विपीन काबरा बताउँछन् । गाडीबाट ४ घण्टामा पुगिने भए पनि जोगवनीबाट कटिहार हुँदै रेल सिलिगुडी जाने भएकाले समय दोब्बर बढी लाग्ने उनको भनाइ छ । विराटनगरका उद्योगी ब्यवसायी भारतका बिभिन्न सहर जानका लागि बागडोग्रा बिमानस्थल पुग्ने गरेका छन् । 

नयाँ रेलको रुट बागडोग्रा हुँंदै नजाने र मालबहाक रेल पनि आउने सम्भावना कम भएकाले सिलिगुडीको नयाँ रुटले खासै उपलब्धि नदेखिने काबराको भनाइ छ । रक्सौलको रुटका कारण भनें यहांँका उद्योगी व्यवसायीले उपलब्धि लिन सक्ने उनी बताउँछन् ।

नयाँ रुटबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका कारण बढी लाभ कोशी प्रदेशलाई हुने देखिएको छ । त्यसै पनि कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तब्यहरुमा भारतीय पर्यटकको आगमन बाक्लै हुँदै आएकोमा नयाँ रुटको रेल सञ्चालनले पर्यटकको संख्या दोब्बर बढ्ने अनुमान गरिएको छ ।

View : 84

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved