Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

गोदरेज रेफ्रिजरेटरः टिकाउपन र विश्वसनीयताको नयाँ मानक

उद्‌घोष संवाददाता
१३ वैशाख २०८३, आइतवार

विराटनगर । नेपाली बजारमा टिकाउ र भरपर्दो घरेलु उपकरणप्रति उपभोक्ताको चासो बढ्दै जाँदा भारतीय ब्रान्ड गोदरेजका रेफ्रिजरेटरहरू लोकप्रिय बन्दै गएका छन् । 

नेपालमा सीजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यी उत्पादनहरू स्थानीय विद्युत् अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएका कारण प्रयोगकर्तामाझ विश्वास बढ्दै गएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, गोदरेज रेफ्रिजरेटरहरू इन्भर्टर कम्प्रेसर प्रविधिसहित आउने भएकाले ऊर्जा बचत हुनुका साथै लामो समयसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ । 

५० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएका यी उपकरणहरू कठोर मौसममा पनि स्थिर प्रदर्शन दिन सक्षम रहेको दाबी गरिएको छ ।

स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै समावेश गरिएको नानो शिल्ड टेक्नोलोजीले ९५ प्रतिशतभन्दा बढी कीटाणु तथा भाइरस नियन्त्रण गर्न सक्ने बताइएको छ । 

महामारीपछिको समयमा यस्तो प्रविधिले उपभोक्ताको ध्यान आकर्षित गरेको छ ।

त्यसैगरी, ‘४–इन–१ कन्भर्टिबल’ सुविधाले प्रयोगकर्तालाई आवश्यकताअनुसार फ्रिजरलाई फ्रिजमा रूपान्तरण गर्ने वा ऊर्जा बचतका लागि केही भाग बन्द गर्ने विकल्प दिन्छ । 

२.२४ इन्च मोटाइको एग्ँ इन्सुलेसनले बिजुली अवरोध हुँदा पनि २४ घण्टासम्म चिसोपन कायम राख्न सहयोग पुर्याउने कम्पनीको दाबी छ ।

हाल गोदरेज रेफ्रिजरेटरहरू देशभर सीजी इलेक्ट्रोनिक्सको आधिकारिक वितरण सञ्जालमार्फत उपलब्ध छन् । 

नयाँ वर्ष २०८३ को अवसरमा अधिकतम ३५ हजार ३ सय रुपैयँसम्मको क्यासब्याक अफरले उपभोक्तालाई थप आकर्षित गरेको देखिन्छ । 

बढ्दो प्रतिस्पर्धाबीच गोदरेजले टिकाउपन, प्रविधि र विश्वासको संयोजनमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाइरहेको छ ।

View : 154

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved