Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरमा नेवार समुदायले मनाए योमरी पूर्णिमा

उद्‌घोष संवाददाता
११ पुष २०८०, बुधवार

विराटनगर । नेवार समुदायले योमरी पूर्णिमा अर्थात् योमरी पुन्हि मनाएका छन् । मंगलबार नेवाः दय् दवू विराटनगर–३ ले पनि  एक कार्यक्रम आयोजना गरी योमरी पूर्णिमा मनाएको हो । 

नेवार समुदायले ठूलो चाडका रूपमा योमरी पूर्णिमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाा धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो योमरी बनाउने गरिन्छ ।

योमरी बनाउन बिहानदेखि घरघरका महिला व्यस्त भए । उनीहरुले बिहान स्नानपछि घरमा लिपपोत गरी योमरी बनाएका थिए । बनाएको योमरी विराटनगर–१ पुष्पलाचोकमा एक कार्यक्रम आयोजना गरी सहभागीलाई योमरी खुवाएका थिए ।

योमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

सोही अवसरमा नेवाः दय् दवू विराटनगर–३ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ९४ वर्षीय उदिपनारायण प्रधान र ९२ वर्षीया धनतकु प्रधानलाई कदरपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

View : 472

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved