Biratnagar, Morang, Nepal
१८ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो

उद्‌घोष संवाददाता
१८ असार २०८३, बिहिवार

Advertisement

विरेन्द्रनगर । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ अन्तर्गत साङ्गेतरास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।

गाडी चालक सुर्खेत पञ्चपुरी ८ का २८ वर्षीय तुलाराम सुवेदी रहेका छन् । 

गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रहरी स्रोतले जनाएको छ । 

गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । 

घटनास्थलबाट एक पुरुषलाई फेला पारी सडकमा ल्याइएको प्रहरीको भनाई छ । अन्य यात्रुको उद्धार कार्य जारी रहेको छ ।

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved