Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

खैरो हेरोइनसहित ११ पक्राउ

उद्‌घोष संवाददाता
१४ जेठ २०८३, बिहिवार

विराटनगर । झापा, मोरङ र सुनसरीका बिभिन्न स्थानहरुबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ । 

वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ बाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्रामसहित, मेचीनगर

नगरपालिका–१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियाँलाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माइजोगमाई गाउँपालिका–१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्रामसहित पक्राउ गरेको छ । 

यसैगरी इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागुऔषध गाँजासहित शिवसताक्षी नगरपालिका–९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी–१ की ३६ वर्षीया प्रगति खतिवडा र इटहरी–५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम खैरो हेरोइनसहित इनरुवा–४ बाट पक्राउ गरेको हो । 

त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–२ का २९ वर्षीय रविन प्रधान, धरान–२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दरहरैंचा–४ की अम्बिका ओझालाई ११० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो । 

यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले  प्र.१–०२–०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी–५ का ३३ वर्षीय वीरबहादुर घिसिङ र पछाडि सवार कानेपोखरी–७ का ३७ वर्षीय सन्तोष लिम्बूलाई १२ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ ।

लागुऔषधसहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको बताइएको छ ।

View : 96

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved