विराटनगर । समाजशास्त्री प्रा. डा. गणेश क्षेत्रीद्वारा लिखित नयाँ कृति ‘विचार, चिन्तन र तथ्य’ को शुक्रबार विराटनगरमा एक भव्य समारोहका बीच विमोचन गरिएको छ।
एलिट क्लब, विराटनगरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले विराटनगरको प्राज्ञिक र बौद्धिक वृत्तमा विशेष चर्चा बटुलेको छ।
पुस्तकको विमोचन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, प्राध्यापक कृष्ण पोखरेल, प्राध्यापक गुणराज ढुंगेल, एलिट क्लबकी सभापति इन्दिरा कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्लबका पूर्वअध्यक्ष विश्वनाथ रिजाल, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, अर्थशास्त्री डा. भेषप्रसाद धमला र स्वयं लेखक क्षेत्रीले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईको विशिष्ट उपस्थिति थियो। यसका साथै बुद्धिजीवी दिनेश श्रेष्ठ, अग्रज साहित्यकार बलराम पोखरेललगायत विराटनगरका प्रतिष्ठित प्राज्ञिक, राजनीतिक र साहित्यिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता थियो। उपस्थित महानुभावहरूको सहभागिताले यो बौद्धिक जमघटको गरिमालाई थप उचाइ प्रदान गरेको थियो।
यस कृतिको विमोचनले समाजशास्त्र र बौद्धिक विमर्शका क्षेत्रमा नयाँ आयाम थप्ने तथा पाठकहरूका लागि विचारोत्तेजक खुराक प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
View : 83
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved