विराटनगर । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान, विराटनगरले २०८२ सालको नगेन्द्रप्रसाद–आशालता रिजाल सामाजिक सेवा पुरस्कार तथा नगेन्द्रप्रसाद–आशालता धर्मसंस्कृति पुरस्कार वितरण गरेको छ ।
आइतबार आयोजित विशेष कार्यक्रममा वित्तीय, शिक्षा तथा सामाजिक सेवामा दिएको योगदानको कदरस्वरूप अनिलकेशरी शाहलाई नगेन्द्रप्रसाद–आशालता रिजाल सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, संस्कृत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय, नारायणपुर–सुनसरीलाई नगेन्द्रप्रसाद–आशालता धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि नगद एक लाख रुपैया“ र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली, प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सचिव कविराज न्यौपाने लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved